२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले आगामी माघ २९ गतेदेखि फागुन ३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा अधिकतम ११।२५ प्रतिशत ब्याजदर प्रदान गरिने बैङ्कले जनाएको छ । उक्त प्रस्तावित ब्याजदर अहिले बैङ्कहरूले मुद्दतीमा दिइरहेको भन्दा धेरै ब्याजदर हो ।

यसअघि ऋणपत्र जारी गरेका बैङ्कहरूले ब्याज दर केही घटाएका थिए । तर बचतकर्तालाई आकर्षित गर्न ग्लोबल आइएमई बैङ्कले थप ब्याजदर अफर गरेको हो । माघ २९ जारी हुने १००० रुपैयाँ अंकित दरका ऋणपत्रमा इच्छुक लगानीकर्ताले कम्तीमा २५ र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण नेपालीलाई बैङ्कले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसबाहेक बैङ्कले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ । बैङ्कले ३ अर्ब रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com