२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुरमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आउँदै गरेको फलामको रड बोकेको ना ५ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा ८३११ नम्बरका ट्रक चालक सुनसरीको राम धुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नाम थर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो । गम्भीर घाइते भएका उनीहरूलाई दमक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रवार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रवार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन् । घाइते भएका मध्य बर्दियाको बार बर्दिया नगरपालिका–५ बस्ने २० वर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वती चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ वर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । उनीहरूको अवस्था भने सामान्य रहेको छ । नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रवार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (न्युज कारखाना

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com