२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मलेसियाली गृहमन्त्री आज फर्कँदै, कामदार अनुकुल कानुन बनाइँदै

मलेसियाली गृहमन्त्री आज फर्कँदै, कामदार अनुकुल कानुन बनाइँदै

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो ।

सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उताः मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ।

मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालबाट लानका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए ।

सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले जनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com