२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

सिंहदरबारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्‍दै

सिंहदरबारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्‍दै

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्वसन्ध्यामा नेपाली कांग्रेसले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ ।

शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समयदेखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद्‌ सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com