२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

विप्लव भन्छन्: नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजेका छौं

विप्लव भन्छन्: नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजेका छौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवुले परिवर्तन खोजिरहेका नेपालका कम्युनिस्टहरू एक ठाउँमा आउने बेला भउको बताएका छन् । झापा आन्दोलनदेखि जनयुद्ध र एकीकृत जनयुद्धसम्मका परिवर्तन खोजिरहेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने बेला भएको उनले बताएका छन् । नेपालमा जनताको दुई तिहाइ जनमत कम्युनिस्ट मन पराउने र समाजवाद हेर्ने चाहाना राख्नेहरूको रहेको भन्दै त्यसअनुसार कम्युनिस्टहरूले गर्न नसकेको उनी बताउँछन् ।

नेपाली जनताको चाहना र सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव र विघटनहरू हेर्दा आफूहरूले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजिरहेको उनको भनाइ छ । झापा आन्दोलन, अझ भिम दत्त पन्तदेखि जनयुद्ध र एकीकृत जनयुद्ध सम्मका जो–जो युवाहरू छन्, जसले परिवर्तन खोजिराखेका छन्, त्यो शक्तिलाई एक ठाउमा ल्याउने बेला भयो, नेकपाको मुखपत्र जनपत्रकारलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, नेपाली जनताको चाहना र बिगतको सबैले समीक्षा गर्दा, सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव, विघटनहरू हेर्दा हामीले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रिकृत गर्न खोजेका छौँ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र पनि यसबारे बहस भए आफूहरू बहसका लागि तयार रहेको उनले बताएका छन् । एमाले (माओवादी) लगायत दलहरूले भनेजस्तो संसद्‍बाट समाजवादमा जान असम्भव रहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com