२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

माधव नेपालको निष्कर्ष : ‘नो, नट अगेन’ले हाम्रो मत काट्यो

२१ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावका बेला चलेको ‘नो, नट अगेन’ अभियानको असर पार्टी मतमा परेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा ‘नो, नट अगेन’ भनेर चुनावमा नकारात्मक प्रचार गरिएको उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोटासमेत देखाएर त्यस्तो प्रचार गरिएको थियो । साथै पुरानाले गरेनन्, अब हामी गर्छौ भन्ने प्रचार पनि त्यत्तिकै ब्यापक रुपमा गरिएको थियो’ प्रतिवेदनमा लेखिएको छ, ‘त्यस प्रकारको नकारात्मक प्रचारले मतदातामा प्रभाव पर्‍यो ।’

मतदातामा पनि पुराना दलहरुप्रति विकर्षण र नयाँ दलप्रति आकर्षण देखिएको निष्कर्ष अध्यक्ष नेपालले प्रस्तुत गरेका छन् । ‘हाम्रो पार्टी विद्रोहबाट बनेको भएता पनि जनताले यसलाई नयाँ पार्टी होइन, पुरानै पार्टीको रुपमा लिए’, प्रतिवेदनमा लेखिएको छ ।

पुराना पार्टीहरुको मत घटेकाले परम्परागत दलहरु रुपान्तरण हुनुपर्ने शिक्षा यो चुनावबाट मिलेको अध्यक्ष नेपालले निष्कर्ष निकालेका छन् । ‘पुराना दलहरु रुपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरुप्रति विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो’, प्रतिवेदनमा लेखिएको छ ।

गत चुनावमा २५ लाख ६० हजार नयाँ मतदाता थिए । ‘विदेशमा रहेका युवाहरुले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए । उनीहरुले हामीलाई विश्वास गरेनन्’, प्रतिवेदनमा अध्यक्ष नेपालले लेखेका छन् ।

एकीकृत समाजवादीले अपेक्षित मत नपाउनुको १६ कारण प्रतिवेदनमा समावेश छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com