२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अध्यक्ष सिंह

काठमाडौँ ।  अनेरास्ववियू क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख लोकबहादुर बराललाई जबर्जस्ती राजीनामा गर्न बाध्य पारिएको आरोप लगाएको छ । सो संगठन शनिबार एक विज्ञप्ति जारी गरी सहायक क्याम्पस प्रमुख दिपक गुप्ता, अनेरास्ववियूका केन्द्रीय सदस्य कमल जोशी र उज्जल भण्डारी लगायतको समूहले बराललाई जबर्जस्ती राजीनामा गराएको आरोप लगाएको हो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमा सो समूहले अपहरण र गुण्डागर्दीको शैलीमा बराललाई जबर्जस्ती राजीनामापत्रमा हस्ताक्षर गराई त्रिवि उपकुलपतिको कार्यालयमा लैजाने क्रममा भण्डारी र गुप्तालाई प्रहरीले पक्राउ गरेको र जोशी फरार रहेको उल्लेख छ । अध्यक्ष सिंहले उक्त घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको बताउँदै सो आराधिक घटनामा संलग्न समूहलाई तत्काल गिरफ्तार गरी कानुनी कार्वाही गर्न आग्रह गरेकी छन् ।

326301437_743864530412229_2433621668100542550_n

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com