२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौं : मन्त्री खाँन

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौं : मन्त्री खाँन

सिन्धुपाल्चोक । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् ।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खाँनले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए । सोही क्रममा उनले स्थानीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनामा हालसम्म भएको लगानी, विसं २०७८ असारमा गएको बाढीले पुर्‍याएको क्षति र नियमित आयोजनामा सञ्चालनका लागि गर्नुपर्ने कामका विषयमा समेत विस्तृत जानकारी दिएका थिए । उनले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब रु दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहानस्थलमा निर्माण भएको पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो । आयोजना निरीक्षणका क्रममा मन्त्री खाँनसहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोलीलगायत मुहान स्थल पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com