२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

यू-२० महिला साफ : फाइनल पुग्न नेपालले भारतलाई हराउनैपर्ने

यू-२० महिला साफ : फाइनल पुग्न नेपालले भारतलाई हराउनैपर्ने

२३ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले फाइनलमा स्थान बनाउन लिगको अन्तिम खेलमा भारतलाई हराउनैपर्ने भएको छ ।

च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले हराएर पहिलो जित निकालेको थियो । भारत र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

अहिलेसम्म सहभागी चारै टिमले दुई-दुई खेल खेलेपछि भारत ४ अंकसहित शीर्ष स्थानमा छ । उति नै अंक रहेको घरेलु टोली बंगलादेश दोस्रो स्थानमा छ । समान अंक भए पनि भारत गोलअन्तरमा अघि रहेको हो । दुवैले एक खेल जित्दा एक बराबरी खेले ।

नेपाल भने एक जित र एक हारबाट ३ अंकसहित तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

लगातार दुई खेलमा पराजित भुटान भने फाइनल होडबाट बाहिरिसकेको छ । अब बाँकी तीन टिममध्ये दुई टिम फाइनल पुग्नेछ । त्यसमा पनि भारत र बंगलादेश दाबेदारको रुपमा छ । बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने भएकोले सहज अवस्थामा छ ।

बंगलादेश भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ । भारतका लागि पनि तुलनात्मक रुपमा नेपाललाई भन्दा सहज छ । नेपालसँग हार टारे भारत फाइनल पुग्नेछ । नेपालको लागि भने भारतलाई जित्नैपर्ने समीकरण छ ।

भारतसँग बराबरी वा हारले पनि नेपाल लिगबाटै बाहिरिनेछ । त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भारतलाई हराउनैपर्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com