२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्तिको अडान कायमै, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सुदूरपश्चिम प्रदेश : नागरिक उन्मुक्तिको अडान कायमै, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफ्नो मुद्दाबारे पुनः प्रमुख दलहरूलाई स्मरण गराएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले भोलि विश्वासको मत लिन गइरहेका बेला सो पार्टीले पुनः आफ्नो मुद्दाबारेको अडान अगाडि सारेको हो

सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिनेबारे मंगलबार डिल्लीबजार कारागारमा सो पार्टीको बैठक डाँकिएको थियो । सो बैठकबाट पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दी र प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेको छ ।

पार्टीका नेता तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘हाम्रो पुरानै अडान हो । एक हात लेना एक हात देना । हामी उधारो काम गर्दैनौ । उहाँहरू चाहेको अवस्थामा क्षणभरमै हाम्रो मुद्दा सम्बोधन गर्नसक्नु हुन्छ । तर व्यवहार देखिएको छैन । हामीले विश्वासको मत दिँदैनौ पनि भनेका छैनौ तर हाम्रो माग पूरा हुनुपर्‍यो ।’

त्यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ महिनाभित्रै रिहा गर्ने प्रतिबद्धता संसदमै गरेपनि हालसम्म पुरा हुन नसकेको दुखेसो सुनाए । बैठकमा सुदूरपश्चिमका ७ जना प्रदेश सभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री रावल पुस २७ गते नियुक्त भएका थिए । संवैधानिक प्रावधान अनुसार १ महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने भएकाले उनले माघ २६ भित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ । यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ । नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत नपाउँदा उनको नेतृत्वको सरकार संकटमा परेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com