२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा

भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा ल्याइन् ।

७९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्।

भारतलाई पराजित गर्दै तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ । यसअघि बंगलादेशसँग ३–१ ले पराजित भएको नेपाल भुटानलाई भने ४–० ले पराजित गरेको थियो । यसअघि भुटानलाई १–२ ले पराजित गरेको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com