२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री

जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् । सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय खाली छन् । मन्त्रीविहिन भएको मन्त्रालय दिएर प्रधानमन्त्री दाहालले नयाँ दल भित्र्याउन सरकारमा लागेका हुन् ।

सरकारबाट रास्वपाको बहिर्गमनसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्यका लागि कुराकानी थाल्नुभएको नेकपा माओवादीका नेताहरुले बताएका छन् ।

रविको सरकार बहिर्गमनसँगै पुराना दलबाट पटकपटक मन्त्री भइसकेका नेताहरुलाई सरकार प्रवेशमा समेत सहजता देखिएको नेताहरु बताउँछन् । राजनीतिमा कान्छो दल मानिएको रास्वपाले उपप्रधानसहित गृहमन्त्री लिएपछि मन्त्री हुन असहज मानेका पुराना नेताहरुलाई लामिछानेको बहिर्गमनले सहज बनाएको एक सांसदले बताए ।

उनले भने– ‘यो मन्त्री परिषद्मा जान पनि रविका कारण केही असहज थियो । उहाँ निस्किएपछि पुराना र अनुभवी नेताहरुलाई समेत सरकारमा जान सहजता देखिएको छ । अब प्रोटोकलको समस्या पर्दैन्, अनुभवी नेताहरुहरु नै मन्त्री हुँदा प्रधानमन्त्रीलाई पनि काम गर्न सजिलो हुन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com