२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सुदूरपश्‍चिम सरकार ढलेपछि बास्कोटाको ट्‌वीट- अनावश्यक संरचनाले सधैँ तनावग्रस्त हुने भो

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजनीतिले निकास र विकास नदिने भन्दै खिचडी पनि पकाउन नसक्‍ने बताएका छन् । बिहीबार विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि शुक्रबार ट्‌वीट गर्दै बास्कोटाले यस्तो बताएका हुन् ।

‘यो राजनीतिले निकास र विकास दिने कुरा कता हो कता खिंचडी पनि पकाउन सक्दैन’ बास्कोटाले ट्‌वीट गरेका छन् ।

बास्कोटाले प्रदेश सरकार अनावश्यक रहेको संकेत गरेका छन् । ‘दुवै खुट्टा बुडुवामा फसेको राजनीति त्यसमाथि अनावश्यक संरचनाको गहनाले थिचिरहँदा आफ्नै ज्यान बचाउने पीरले सधैँ तनावग्रस्त हुने भो’ बास्कोटाले ट्‌वीट गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com