२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

वैकल्पिक राजनीतिक दल बनाइसकेपछि रविन्द्र मिश्रलाई बोलउँछौं : अध्यक्ष बास्कोटा

वैकल्पिक राजनीतिक दल बनाइसकेपछि रविन्द्र मिश्रलाई बोलउँछौं : अध्यक्ष बास्कोटा

काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् ।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजे पनि आफू लगायतका नेताहरूले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको उल्लेख गरिन् ।

बास्कोटाले विवेकशील साझा पार्टीका नेताहरू अधिकांश दलहरूमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको जिकिर गरिन् । पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको उनको भनाइ छ ।

महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन् ।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनै पनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com