२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

बाल कला साहित्य महोत्सव सम्पन्न

बाल कला साहित्य महोत्सव सम्पन्न

मकवानपुर – मकवानपुरको हेटौंडास्थित एक निजी विद्यालयले तेस्रो पटक बाल कला साहित्य महोत्सव आयोजना गरेको छ ।

निजी लगानीमा सञ्चालित शैक्षिक संस्थाहरू नवोदय शिशु सदन हेटौंडा र हेटौंडा स्कुल अफ म्यानेजमेन्टको आयोजनामा २ दिनसम्म चलेको बाल कला साहित्य महोत्सवमा झण्डै ६ हजार जनाले अवलोकन गरेका छन् ।

महोत्सवमा बाल कला र साहित्य बारे भारत र पाकिस्तानका साहित्यकारहरूसंग विद्यार्थी र अभिभावकले प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाए । आफूहरूले विगतमा पढेको संस्कृति तथा कलाबारे मेलामा आफैं उपस्थित भएर अवलोकन गर्न पाउँदा बुझाइलाई गहिरो बनाउनु सहयोग भएको विद्यार्थी युनिसा थापाले बताइन् । सिर्जनात्मक पठन संस्कृतिको विकासमा यस्तो कार्यक्रम प्रभावकारी भएको महोत्सव अवलोकनमा सहभागी विद्यार्थी अंकिता पौडेलले बताइन् ।

महोत्सवमा भारतीय लेखक तथा वृतचित्र निर्देशक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहको थियो । बालबालिकाहरूलाई किताबको कुरासँगै सिर्जनाको भोक जगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बाल कला साहित्य महोत्सव कार्यक्रमका संयोजक सीएम रिमाल बताए ।

महोत्सवले विद्यार्थीमा पठन संस्कृति र सिर्जनात्मकताको विकास हुने अपेक्षा गरिएको विद्यालयका निर्देशक दिपेश जोशीले बताए । महोत्सवमा पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरू समेत प्रस्तुति रहेको थियो ।

नवसर्जक र स्थापित सर्जकबीच अन्तरक्रियाको अवसर सिर्जना हुँदा बौद्धिक जनशक्ति निर्माण गर्ने महोत्सवको मुख्य उद्देश्य हो ।

महोत्सवमा पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले कार्यशालाको सहजीकरण गरेका थिए भने दोस्रो दिन १५ वटा विषयमा फरक-फरक कार्यशाला भएको थियो । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले नृत्य लगायतको कला प्रस्तुतीकरण समेत रहेको थियो । यसैगरी पुस्तक प्रदर्शनी, चित्र प्रदर्शनी, आत्मकथा वाचनलगायका कार्यक्रमले मेलाको आकर्षण बढाएको अभिभावक प्रचला शर्माले बताइन् ।

सैद्धान्तिक कक्षा र किताबी पठनले मात्रै सिकाइ र बुझाइ पूरा हुँदैन । पढेका कुराहरूलाई प्रत्येक्ष देख्न पाउँदा बुझाई दिगो हुन्छ । यसैले पनि समय समयमा शैक्षिकले हुँदा बालबालिकाहरूको सिकाइ उपलब्धिपूर्ण बनाउन टेवा पुग्न सक्ने शर्माले बताइन् । मेला आजबाट सकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com