फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले यसतो निर्णय लिएको हो ।