२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

यसरी मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)

नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com