२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

जुम्लामा ग्यास लिक भएर आगलागी, ५ जनाको उद्धार

जुम्लामा ग्यास लिक भएर आगलागी, ५ जनाको उद्धार

६ फागुन, जुम्ला । जुम्लामा ग्यास लिक हुँदा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले घरको भुइँतलामा आगलागी हुँदा ४ वटा कोठा र माथि तला जाने भर्‍याङमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार सो घरमा भाडामा वसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । उनका अनुसार लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि आगलागी भएको थियो । ।

प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीले पानीले आगो नियन्त्रणमा लिएको छ ।

आगलागी भइरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका मानिसहरुको उद्धार गरिएको छ । सोही घरको दोस्रो र तेस्रो तलामा बस्ने सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पूजा बुढा र माया लक्ष्मी बुढाको त्यसभन्दा पल्लो निर्माणाधीन घरमा भर्‍याङ राखेर उद्दार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय गोपाल रोकायाले दमकल समयमै दमकल आए पनि आगलागी भएको घरसम्म पुग्ने बाटो नभएका कारण आगो निभाउन जान सकेन । तर नजिकै रहेको कालीबहादुर बुढाको घरको ट्यांकीबाट पानी झिकेर आगो निभाइएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com