२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

बागमतीका ९ लाख ७० हजार बढी भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

बागमतीका ९ लाख ७० हजार बढी भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

जनसेवा न्युज डटकम संवाददाता

हेटौंडा । बागमती प्रदेशका ९ लाख ७० हजार बढी भेडाबाख्राहरूलाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ। बागमती प्रदेश सरकारले गत फागुन १ गते देखि सञ्चालन गरेको पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रमअन्तर्गत प्रदेशका १३ जिल्लाका ९ लाख ७९ हजार २०२ भेडाबाख्राहरूलाई खोप लगाइएको हो ।

प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडाले यही फागुन १ देखि ७ गतेसम्म सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । मन्त्रालयले प्रदेशभित्रका १३ वटै जिल्लामा विभिन्न ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको थियो।

अभियान अन्तर्गत प्रदेश सरकारले १२ लाख ६९ हजार भेडाबाख्रालाई खोप लगाउने लक्ष्य लिएको भएपनि ९ लाख ७९ हजार २०२ भेडाबाख्रालाई मात्र खोप लगाउन सफल भएको उनले बताए । मन्त्रालयको लक्ष्यभन्दा करिब २ लाख ९० हजार कम डोज खोप लगाइएको हो।
उनका अनुसार अभियानअन्तर्गत प्रदेशका १३ जिल्लामा पालन गरिएका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ वटा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको हो । प्रदेशका १३ जिल्लामा जम्मा २५ लाख २० हजार ६७१ बाख्रा र ९२ हजार ५६१ भेडा गरी २६ लाख १३ हजार २३२ बाख्रा पालन गरिएको मन्त्रालयको तथ्यांक रहेको उनले बताए ।

अभियानका अन्तर्गत मन्त्रालयले काभ्रेका १ लाख ३२ हजार २७०, ललितपुरका ४४ हजार ५१३, काठमाडौंका ४० हजार १४३, भक्तपुरका ४ हजार १५३, दोलखाका ८४ हजार १७६, सिन्धुपाल्चोकका १९ हजार १३५ वटा भेडाबाख्रालाई खोप लगाएको उनले बताए । यसैगरी, सिन्धुलीका ३२ हजार ४६२, रामेछापका १ लाख ९ हजार, मकवानपुरका १ लाख ५३ हजार ४२०, चितवनका ८६ हजार ८०२, नुवाकोटका १ लाख ४५ हजार २८१, रसुवाका ३० हजार ४४०, धादिङका ९७ हजार ४०७ वटा भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com