२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने

जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने

काठमाडौं । आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिने निर्णय गरेको छ ।​

मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन–२ बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले उनको उम्मेदवारीविरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो ।

‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चका रूपमा अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको सार्बभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यवाद ज्ञापन गरेको थियो । लामिछानेको गृहमन्त्रीमा पुनर्बहाली हुन नसकेको खुसी व्यक्त गर्दै आएको जनमोर्चाले उनको विरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रूपमा चितवन–२ मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ ।

चितवन–२ मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीबाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com