२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए ।

दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष अ‍ोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।

यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो । तर दुवैजना आआफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको छैन

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com