२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

पहेँलपुर खोकना र बुंगमती,

ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गरागरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ ।

बढ्दो सहरीकरणसँगै तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पहिला लहलह तोरी फुल्ने खेतहरू कतै बाँझो छन् त कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन ।

परम्परागत रूपमै भए पनि किसानहरूले अहिले पनि तोरी खेती गरिरहेका छन् । यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् तर उत्पादन भने तुलनात्मक रूपमा घट्दै गएको छ ।

तुलनात्मक रूपमा उत्पादन र खेती घटे पनि खोकनाले अझै पनि आफ्नो पहिचान भने गुमाइसकेको छैन  ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com