२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ ।

माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।

माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६ मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानका रूपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com