२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

साविक विजेता मछिन्द्रको लगातार दोस्रो हार, आर्मी २-० ले विजयी

२५ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो ।

आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

आर्मीका लागि दिपक गुरुङले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । नवयुग श्रेष्ठले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

जितपछि दुई खेलबाट आर्मीले ४ अंक जोडेको छ । लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र भने लगातार दुई हारपछि अंकबिहीन छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com