२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

ब्याजदर घटाउने निर्णयसँगै नेप्सेमा ५० अंकको वृद्धि

२५ फागुन, काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २ हजार अंकको बिन्दुबाट माथि लागेको छ ।

बिहीबार नेप्से ५०.०४ अंकले वृद्धि हुँदा २००२.७० अंकमा बन्द भएको छ । बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी लगानी र जीवन बीमा उपसूचक ३ प्रतिशत माथिले वृद्धि भएको छ । त्यस्तै विकास बैंक, लघुवित्त र निर्जीवन बीमा उपसूचक पनि करिब ३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३८ हजार १३१ वटा कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८६ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख र अरुण काबेली पावरको ४ करोड ७६ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २१८ कम्पनीको सेयर कारोबार भएकोमा २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । जसमध्ये शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल इन्स्योरेन्सको सेयरमूल्य ९.४४ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ८.५२ प्रतिशतले बढेको छ । यता सबैको लघुवित्तको सेयरमूल्य १.५८ प्रतिशतले गिरावट हुँदा स्वाभिमान माइक्रोफाइनान्सको सेयरमूल्य १.४५ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ०.४१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com