२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

किएभ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताए । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ । आक्रमणबाट भएको क्षति एवम् हताहतिबारे विवरण सङ्कलन भइरहेको उनले बताए ।

खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट विद्युत् आपूर्तिमा समस्या भएको बताए । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताए । भाग्यवश आफ्नो क्षेत्रमा मानवीय क्षति नभएको उनले उल्लेख गरे ।

स्थानीय सैन्य प्रशासनका अनुसार किभए क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसैबीच, किएभका नगरप्रमुख भिटाली क्लित्सकोले देशका विभिन्न भागमा हवाई आक्रमण भइरहेका बेला राजधानीमा पनि विष्फोट भएको जानकारी दिए। राजधानीको होलोसिम्स्की जिल्लामा विष्फोट भएको जनाउँदै उनले सुरक्षा निकाय तथा सेवा प्रदायकहरू घटनास्थलतर्फ प्रस्थान गरेका बताए ।

औद्योगिक शहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको बुधबार जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । बाख्मुत दुश्मनको कब्जामा आएमा रुस अझ उत्साहित हुने भन्दै युक्रेनले शत्रुलाई रोक्न हरप्रयास गर्नुपर्नेमा जोड दिएको छ । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले बाख्मुतमा बुधबार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com