२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले युनाइटेड अरब इमरेट्स (युएई) विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर युएईविरुद्ध पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो ।

युएईविरुद्ध मैदानमा उत्रदाँ नेपालले लगातार चौथो जितको खोजिमा हुनेछ । सिरिजमा नेपालले लगातार दोस्रो जित हात पार्दै लिग-२ को शीर्ष ३ को सम्भावना कायमै राख्न चाहन्छ ।

यसअघि नेपालले लगातार तीन खेलमा जित हात पार्दा पछिल्ला ९ मध्ये ८ खेल आफ्नो पक्षमा पारेको छ । साथै युएईमाथि जित हात पारे नेपालले लिग-२ को शीर्ष ३ मा पुग्ने सम्भावना कायमै राख्नेछ । पछिल्लो पटक नेपालले युएईलाई उसैको मैदानमा ४२ रनले पराजित गरेको थियो ।

यता युएईले भने पछिल्ला पाँचमध्ये चार खेलमा हार भोगेको छ । केवल नेपाललाई एक खेलमा ६८ रनले पराजित गरेको थियो । शीर्ष ३ को सम्भावना गुमाइसकेको युएईले शीर्ष ५ को सम्भावना कायमै राख्न पनि नेपाललाई पराजित गर्नुपर्नेछ ।

अंक तालिकाअनुसार ३३ खेलबाट ३४ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ भने समान खेलबाट ३१ अंक जोडेको युएई भने छैटौ स्थानमा छ । सिरिज खेलिरहेको अर्को टिम पपुवा न्यूगिनी भने ३४ खेलबाट ११ अंकसहित पुछारमा रहेको छ ।

सबै ३६ खेल खेलिसकेका स्कटल्यान्ड (५० अंक), ओमान -४४ अंक
(, नामिबिया -३९ अंक) तथा अमेरिका (३५ अंक) सहित शीर्ष ४ मा रहेका छन् ।

नेपाल खेल्न बाँकी ३ वटै खेल जिते शीर्ष ३ मा पुग्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com