२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण आज

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण आज

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज सपथ ग्रहण हुँदैछ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सपथको सम्पूर्ण तयारी सकिएको छ ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा ९एमाले० का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्।

पौडेलले ३३ हजार ८०२ मतभार र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।

यसबैबीच राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ ।

भण्डारीको कार्यकाल गएरातिबाट सकिएको छ ।

पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com