२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई समयमै टुङ्गो लगाउन नसक्दा समस्या देखियो : गजुरेल

काठमाडौँ- नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गो लगाउन नसक्दा अहिले समस्या देखिएको बताएका छन् ।

शनिबार काठमाडौँमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्य निरूपणलगायतका विषयमा आयोजित कार्यक्रममा उनले ६ महिनाभित्रै शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्ने भए पनि १६ वर्षसम्म लम्बिएका कारण अहिले समस्या देखिएको बताएका हुन् ।

उनले यसको सम्पूर्ण जिम्मेवारी यस अवधिमा प्रधानमन्त्री बनेका प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईले लिनुपर्ने जिकिर गरे । गजुरेलले संक्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउन आदेश दिनुपर्नेमा द्वन्द्वकालीन मुद्दाहरूलाई फौजदारीतर्फ लैजाने व्याख्या गर्नुमा अदालतको पनि त्रुटी रहेको बताए ।

गजुरेलले शान्ति प्रक्रिया टुङ्गो लगाउनका लागि दबाब दिनका लागि माओवादी घटकहरू एकैठाउँ आउनुपरेको धारणा राखे । उनले जनयुद्धलाई कसैले अपराधिकरण गर्न खोजे कदापी मञ्जुर नहुने बताए ।

त्यस्तै नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलले दलाल पूँजीवादको नेतृत्वले संविधान जारी भएकाले वर्तमान संविधानले जनतालाई प्रतिनिधित्व नगर्ने बताए । उनले जनयुद्धलाई अन्तिम चरणमा लान नसकिएको र शान्ति प्रक्रियाका नाममा स्थगित गर्न परेको उल्लेख गरे ।​

बास्तोलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरूलाई अघि बढाउनका लागि भने आफूहरूको ऐकबद्धता रहने उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com