२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

इक्वेडरमा शक्तिशाली भूकम्प, दर्जनौँ मानिसको मृत्यु

इक्वेडरमा शक्तिशाली भूकम्प, दर्जनौँ मानिसको मृत्यु

काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाइएको छ ।

भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरूमा क्षति पुगेको छ । पराकम्प आइरहेकोले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com