२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएकाे छ ।

पार्टीको शनिबार बसेको सचिवालय बैठकले तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमध्ये दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको हाे । भने,  बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाएकाे छैन ।

सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल प्रहरीका पूर्वमहानिरीक्षकसमेत रहेका नेता सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । यस्तै उनले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि जानकारी दिए ।

तीनवटै निर्वाचन क्षेत्रमा आगामी  वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com