२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

भुटानका राजा जिग्मे वाङचुकले तीन दिने भारत भ्रमण गर्ने

भुटानका राजा जिग्मे वाङचुकले तीन दिने भारत भ्रमण गर्ने

नयाँ दिल्ली । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको हो ।

भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् । भारत र भुटानबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध छ, जुन समझदारी र पारस्परिक विश्वासको विशेषता हो ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com