२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने संख्या ५ पुग्यो

मन्थली- रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।

बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । दैनिक रूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com