२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

ए डिभिजन लिगः मछिन्द्र र एनआरटी विजयी

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक विजेता मछिन्द्रले संकटा क्लबलाई २-१ ले पराजित गर्‍यो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र अफिज ओलावालेले एक-एक गोल गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए । जितसँगै सात खेलबाट ९ अंक जोडेको मछिन्द्र आठौ स्थानमा उक्लिएको छ । संकटाले ९ अंक जोडेपनि गोल अन्तरका आधारमा सातौ स्थानमा छ ।

यता एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गर्दै १२ औँ स्थानमा उक्लिएको छ । एनआरटीलाई जित दिलाउन रोहन खड्गी र जेनिस प्रजापतिले एक-एक गोल गरे । हिमालयन शेर्पाका लागि खामिरले एक गोल फर्काए ।

एनआरटी र हिमालयन शेर्पा दुबैको समान ६ अंक छ । हिमालयन शेर्पा भने ११ औँ स्थानमा झरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com