२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

आजदेखि हरेक शुक्रबार माओवादी कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई पेरिसडाँडामा भेट्‌न पाउने

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका मन्त्रीहरूले आजदेखि पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । पार्टीका कार्यकर्ता र जनता सबैलाई हप्तामा एक दिन (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने यसअघि निर्णय भएको थियो ।

२०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री र माओवादीका मन्त्रीहरूले कार्यकर्तासँग पार्टी कार्यालयमा छलफल गर्नेछन् । त्यसका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ ।

कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com