२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कार्यकर्ता भेट्‌न प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडामा

काठमाडौँ- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड कार्यकर्ता भेट्‌नका लागि आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन् ।

उनका अनुसार हप्ताको हरेक शुक्रबार प्रधानमन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरुवात आजबाट भएको छ ।

पार्टीका कार्यकर्ता र जनता सबैलाई हप्तामा एक दिन (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने यसअघि निर्णय भएको थियो ।

२०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री र माओवादीका मन्त्रीहरूले कार्यकर्तासँग पार्टी कार्यालयमा छलफल गर्नेछन् । त्यसका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ ।

कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com