२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

जापानी प्रधानमन्त्री किशिदाले सम्बोधन गर्नै लाग्दा विस्फोट

जापान- जापानी प्रधानमन्त्री किशिदा फुमियोले सम्बोधन गर्ने तयारी भइरहेको बेला विष्फोटक पदार्थ बिस्फोट भएको छ । आज बिहान जापानी समय अनुसार साढे ११ बजे वाकायामा प्रान्तमा पर्ने वाकायामा सहरमा माछा मार्ने बन्दरगाहको अवलोकनपछि भाषण गर्ने कार्यक्रम थियो ।

कार्यक्रम सुरु हुनु अघि बिस्फोटक पदार्थ बिस्फोटको ठूलो आवाज आएको थियो । लगत्तै आवाजसँगै सेतो धुवाँ उडेको थियो । घटनास्थलबाट प्रधानमन्त्री किशिदा सुरक्षित रुपमा बाहिरिसकेको बताइएको छ ।

अधिकारीहरूका अनुसार प्रधानमन्त्री किशिदासहित सबैको अवस्था सामान्य रहेको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । घटनास्थलबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जापानी मिडियाले खबर लेखेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com