२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कालीकोटमा यसवर्ष समयमै पुग्यो पाठ्यपुस्तक

कालीकोट – कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।

चालु शैक्षिक सत्रको पहिलो सुरुआतमै सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला वर्षमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि पुस्तकको अभाव हुने गरेको थियो । यस पटक समयमै पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

‘पाठ्यपुस्तक खरिद गर्ने रकम गाउँपालिकाको खातामा जम्मा भइसकेको छ’, उनले भने, ‘पालिकाले विद्यालयको खातामा पैसा पठाइसकेको छ । विद्यालयहरूले पुस्तक खरिद गरिसकेका छन् ।’ समयमा नै जिल्लामा पाठ्यपुस्तक आएकाले वितरणको काम थालिएको खाँडा चक्र नगरपालिका मान्म बजारमा सञ्चालित विनोद बुक सेन्टरका वितरक नन्दबहादुर शाहीले बताए ।

विगतका वर्षमा विद्यालयमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक विना नै पढाउनुपर्ने बाध्यता रहेको तर अहिले त्यो समस्या हल भएको नरहरिनाथ गाउँपालिका–९ लालु जनप्रभात माध्यमिक विद्यालयमा प्रधानध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । ‘हामीले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिने गरेका छौँ’, उनले भने, ‘नयाँ वर्षको दुई दिन बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना खुला गरेका छौँ । भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक पनि सँगै दिने गरेका छौँ ।’ रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com