२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

वैदेशिक रोजगारमा जानेलाई सघाउँदै ‘उज्वल सपना’

काठमाडौँ- गैर सरकार संस्था इसारा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सघाउने उदेश्यले ‘उज्वल सपना’ नामक एप ल्याएको छ । उज्वल सपना एपले वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरणहरुलाई सहज तथा व्यवस्थित गर्ने इसारा नेपालले दावी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहनेहरुले यस एपमार्फत वैदेशिक रोजगारका कामहरू खोज्न र आवेदन दिन सक्नेछन् भने उनीहरूले राम्रा अवसरहरू कसरी खोज्ने र शोषण तथा अनौपचारिक दलालहरूको ठगीबाट कसरी बच्ने विषयहरूमा सेवा प्रदायकहरू तथा अन्य कामदारहरूले प्रदान गर्ने उपयोगी जानकारीहरू समेत प्राप्त गर्न सक्नेछन् ।

यसमा जिम्मेवार म्यानपावर कम्पनीहरू र रोजगारदाताहरूले उज्वल सपना एपमा विभिन्न रोजगारीहरूको विज्ञापन गर्नुको साथै वैदेशिक रोजगारमा जाने प्रक्रियाका सबै चरणहरूलाई व्यवस्थापन गर्ने इसारा नेपालले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com