२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु

काठमाडौँ – निर्वाचन आयोगले तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको जनाएको छ ।   बारा  २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरूमा मतदान सुरु भएको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार आज  साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभाका तीनवटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुन लागेको हो ।​ बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन आज उपनिर्वाचन हुँदैछ ।

गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो ।

यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com