२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

देशलाई नयाँ आशा र विश्वास दिने नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी)ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले अहिले आफूहरू सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनीभूत ढंगले लागि परेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दावी समेत गरे ।

उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘हामी अहिले सरकारको नीति, कार्यक्रम र बजेट निर्माणमा घनीभूत ढंगले जुटिराखेका पनि छौं । जुट्न आवश्यक पनि छ । यो नीति, कार्यक्रम र बजेटले देशलाई नयाँ आशा, नयाँ विश्वास दिनुछ एकातिर भने अहिले नै हामी फेरी विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ । त्यसको पनि राम्रो तयारी गरेर जानुछ ।’

प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न लागि देशभक्त, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com