२०८३ बैशाख १७ - Thu Apr, 2026 -

Janasewa News

सकियाे मतदान गर्ने समय, कहाँ कति खस्याे मत ?

काठमाडौं- चितवन-२, बारा-२ र तनहुँ-१ मा आज भएको उपनिर्वाचनको मतदान गर्ने समय सकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेको थियो । तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गर्न पाउने छन् ।

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।  जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ ।

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए । गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो । बारामा ५७ प्रतिशत मत खसेकाे अनुमान गरिएकाे छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com