२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

यो सुन्दर नेपाल जो अहिले तिमीलाइ प्राप्त छ, यो अगाडीको पुस्ताले छाडेर गएको हो :सफलता बोगटी

यो सुन्दर नेपाल जो अहिले तिमीलाइ प्राप्त छ, यो अगाडीको पुस्ताले छाडेर गएको हो  :सफलता बोगटी 
मेरो भन्नु :
१. यो सुन्दर नेपाल जो अहिले तिमीलाइ प्राप्त छ, यो अगाडीको पुस्ताले छाडेर गएको हो । यो किन छाडेर गएको हो भने तिमीले आउदो पुस्तालाइ यो भन्दा पनि अति सुन्दर नेपाल छाडेर जानेछौ ।
२. यो पृथ्वी तिम्रो पनि हो र मेरो पनि हो, यो पृथ्वी मेरो पनि हो र तिम्रो पनि हो । त्यसैले यो हामी सबैको पृथ्वी हो ।
३. महान शिक्षाविद्ध पाउला फेरे भन्छन : अधिकार र स्वतन्त्रता मागेर कसैले दिदैन, त्यसैले आफ्नो अधिकार र स्वातन्त्रता अरुबाट खोसेरै लिनुपर्छ ।
४. महान नाटककार शेक्सपियर भन्छन : तिम्रोे आफ्नो भाग्यको भाग्य विधाता तिमी स्वयं आफै हो र अरु कसैले पनि तिम्रो भाग्य र भविष्य निर्धारण गर्न सक्दैन् ।
५. उदयमान विश्वशक्ति चिनको राष्ट्रिय नारा छ : चिनको विकासको मन्त्र : चिनकोे साझा विकास र साझा भाग्य ।
६.संसारका मानिसहरुमा अरु कुनै भेदभावहरु छैनन् । तिनबटा मात्र भेदभावहरु छन : ति हुन मरेर गएका मानिसहरु, अहिले बाँचि रहेका मानिसहरु र जन्मने मानिसहरु । सवाल यो हो कि मरेका मानिसहरुले जिउदा मानिसहरुलाइ कस्तो संसार पुस्तान्तरण हस्तान्तरण र रुपान्तरण गरे । त्यस्तै जिउदा मानिसहरुले जन्मने मानिसहरुका लागि कस्तो संसार पुस्तान्तरण हस्तान्तरण र रुपान्तरण गर्ने तयारी गरेका छन । सन्ततीहरुलाइ सुन्दर समाज र सुरक्षित भविष्य हस्तान्तरण गर्ने काम भए की भएका छैनन् ।
७. विगतमा १ मिनेटमा नागासाकि र हिरोसिमा ध्वस्त गर्ने एटम बम बनाए जस्तै हामी अब एक मिनेटमा आजका नागासाकि र हिरोसिमा जस्ता सुन्दर शहर बनाउने प्रविधिको विकास गर्नेछौ ।
८. एलन मक्सका स्पेस एक्स र न्युरो लिंक यि २ योजनाहरुले अबको मानव सभ्यतालाइ अकल्पनिय अतुलनिय अनुपम र अद्धितिय सभ्यतामा पुराइ दिनेछन ।
९. शिक्षा दिक्षा विद्या र परीक्षाले एउटा मान्छेमा यी ५ कुराहरु उत्पति गर्नेछ Creative Constructive Productive Effective and dynamic भने यी ५ कुराहरुले मान्छेलाइ यी ४ स्वतन्त्रताहरु दिनेछन : Academic or Intellectual Freedom, Financial Freedom, Time Freedom and Entertainment Freedom .
१०. निकोलो मेकियावेलि भन्छन : मान्छेले समाजमा दयाको पात्र बनेर वाँच्नु भन्दा भयको पात्र बनेर बाँच्नु सार्थक जिवन जिउनु हो ।
११. वेदव्यास भन्छन : अज्ञानले ज्ञानको र ज्ञानले विज्ञानको जन्म दिन्छ ।
१२. एसियाका धनि चिनका ज्याक्मा भन्छन : यदि तिमी जान्दैनौ भने सिक, सिके पछि जान्दछौ, जाने पछि गर ।
१३. जिन्दगिमा एक पटक मात्र आउने युवा अवस्था आफैमा एउटा शक्तिशालि साम्राट अधिपति हो ।
१४. वेलायति प्रधानमन्त्री सर वस्टिन चर्चिल भन्छन : लोकतन्त्र वा डेमोक्रयासी संसारको सबै भन्दा नराम्रो शासन व्यावस्था हो तर आज सम्म यो भन्दा राम्रो अर्को शासन व्यावस्था फेला परे कै छैन ।
१५. महान्मा गान्धि भन्छन : तिमीले आफ्नो जिन्दगिलाइ त्यस्तो बनाउ की तिम्रा कारणले अरु कसैले पनि दुख पाउनु नपरोस ।
१६. पुर्विय दार्शनिक चाणक्य भन्दछन : मानिसहरु यी ३ कुरामा कहिल्यै पछि हट्नु हुँदैन : खाना खान, धन कमाउन र बोल्नमा ।
१७. दक्षिण कोरीयाका विकासका पिता पार्क चु हि भन्छन : हामीले सास्ति संघर्ष र सफलता एउटै पुस्तामा टुङ्गाउनु पर्छ । सास्ति र संघर्ष आउदो पुस्तालाइ देखाउनु हुदैन ।
१८. आधुनिक चिनका योजनाकार नेता देङ्ग साओ पिङ्ग भन्छन : विरालो सेतो होस कि कालो रङ्गले कुनै फरक पार्दैन । तर विरालाले मुसा चाहि मार्न सक्नु पर्छ ।
१९. समसामायिक कविता : नेताको दिन वित्दछ कुर्सि तान-तानमा, युवाको दिन वित्दछ ढुङ्गा हान-हानमा । हाम्रा नेता दिनहुँ चढ्छन भ्रष्टाचारको नयाँ सिढी, चोक्टा खान्छन प्यारा नेता झोल्मा डुब्छन युवा पिढी, युवको दिन वित्दछ….।
२०. मेरो विचार : विद्यार्थी संसद राष्ट्रिय महासंघले विद्यार्थी संसद कार्यक्रमको अभ्यासले नेपाललाइ केहि समय भित्रै एउटा विकसित आधुनिक औद्योगिक र लोक तान्त्रीक नेपालका रुपमा विश्वलाइ देखाउने छ, सुनाउने छ र चिनाउनेछ भन्ने विषयमा हामी स्पष्ट मार्गदर्शन कार्ययोजना र रणनीतका साथ अगाडी बढेका छौ । यो समय हाम्रो हो, यो समय राम्रो छ र यो समयमा हामीले अपुर्व सुन्दर अपुर्व बैभव र अपुर्व गौरवशाली नेपाल बनाउने छौ । यसका लागि हामी सबै विद्यार्थीहरुको एकता नै अपरिहार्यता बनेको छ ।
विद्यार्थी संसद राष्ट्रिय महासंघका उत्पति, उद्देश्य, कार्यक्रम, बैधानिकता, समन्वय, लक्ष्य, दिगोपना, विद्यार्थी संसद पाठ्यक्रम, रणनीति, कार्यदल र एक्सन प्लान, तपाइको भुमिका आदीका बारेमा संस्थागत National Federations Of Student Parliament प्रोफायल हेरीदिनु होस ।
धन्यवाद ।
सामाजिक अभियान्ता : सफलता बोगटी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com