२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बाजुरामा लगातार भूकम्पको धक्का

काठमाडौं – बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति राति ११:५८ र १:३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ११:५८ बजे ४.९ म्याग्निच्युडको र १:३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको छ ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पले क्षति गरे/नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताए । भुकम्पबाट हुन सक्ने क्षतिको विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com