२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद् सम्बन्धी विधेयकमा कार्यसूचीमै अटेन

काठमाडौँ- संवैधानिक परिषद्‌ सम्बन्धी विधेयकमाथी आज पनि छलफल नहुने भएको छ ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभएपछि छलफल नहुने भएको हो ।

यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्‌का अध्यक्ष (प्रधानमन्त्री)लाई बिशेषाधिकारीसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो विधेयक संसद्‌मा पेश हुन सकिरहेको छैन ।

तर, आजको बैठकमा संघीय संसद्‌ अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।

आज संसद्‌ले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com