२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

ललितपुर मेयर कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट जितेको थियो । तर, तेस्रो र चौथो सेट आर्मीले २५-१२ र २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट एपीएफले १५-१२ ले आफ्नो पक्षमा पार्‍यो ।

यस्तै पहिलो सेमिफाइनलमा पुलिस क्लबले न्यू डायमण्ड क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । पुलिसले न्यू डायमण्डमाथि २५-१६, २५-१४ र २५-१७ को जित निकालेको हो ।

महिलातर्फ न्यू डायमण्ड र आर्मीले तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानका लागि दुई टोली शुक्रबार भिड्ने छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ । पुलिसले एपीएफलाई २८-२६,२५-२१,१८-२५ र २५-१८ ले हराएको हो । यस जितसँगै पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

पुरुषतर्फ नै ललितपुर महानगरपालिकाले सुर्य विनायक युथ क्लबलाई ३-० ले हराएको छ । ललितपुरले सूर्य विनायकलाई २५-११,२५-१० र २५-१४ ले हराएको हो । जितसँगै ललितपुर पनि सेमिफाइनल पुगेको छ ।

पुरुषतर्फ पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् । दोस्रो सेमिफाइनलमा पुलिस र ललितपुर महानगरपालिका भिड्ने छन् । दुबै सेमिफाइनल शुक्रबार हुनेछ ।

प्रतियोगिताको महिला र पुरुषको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com