२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रुपन्देहीमा सुरु भएको अन्तर्राष्ट्रिय कराँतेको पहिलो दिन नेपाललाई ६ स्वर्ण

रुपन्देही – जापान गोजुरियो कराँते डो मिसन संघको आयोजनामा दोस्रो संस्करणको एमजीके दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पिएनसिप रुपन्देहीमा सुरु भएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ शंकरपुरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार कुमुतेतर्फ गरी सात स्वर्णको छिनोफानो भएको छ ।

कुमुतेतर्फ पुरुषमा दुई र महिलामा पाँच स्वर्णको छिनोफानो हुँदा नेपालले छ स्वर्ण हात पारेको छ । त्यस्तै भारतले एक स्वर्ण र भूटानले रजत पदक जितेको छ ।

शंकरपुरस्थित गाउँले ससुराली होटलको हलमा आयोजित प्रतियोगितामा महिलातर्फ २५, ३०, ३५, ६० र ४५ केजीमुनि तौल समूह र पुरुष ३० र ४० केजमुनि तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुरुष ३५ केजीमुनि तौल समूहमा नेपालका सुजन भण्डारीले स्वर्ण हात पारी नेपालका लागि खाता खोल्नुभएको आयोजक संस्थाका उमेश थापाले जानकारी दिए ।

प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५  केजीमुनि तौल समूह तथा महिलाका लागि २५, ३०, ३५,४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले खेलकुदको विकास र विस्तारलाई अझै प्राथमिकतामा दिनुपर्ने बताए ।

पछिल्लो समय खेलप्रति आम नागरिकको चासो बढेको जनाउँदै उनले खेलाडीलाई आर्थिकरूपमा आत्मनिर्भर हुन र युवालाई कुलतबाट जोगाउन खेलकुदको विकास अपरिहार्य रहेकामा जोड दिए ।

उपप्रमुख जगेश्वरीदेवी चौधरीले खेलकुद व्यक्तिको स्वास्थ्यसँग जोडिएकाले यसको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा लुम्बिनी खेलकुद परिषद् सदस्य जयप्रकाश भट्टराई, जापान गोजुरियो कराँते डो मिसन संघका प्रमुख सल्लाहकार भरत केसी, सल्लाहकार भरत पोखरेल, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, खेमेन्द्र राना, गिरी पुन, सतिश चौधरीलगायतले खेलाडीहरूलाई शुभकामना दिएका थिए ।

दुई दिनसम्म हुने प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी करिब दुई सय सय खेलाडी सहभागी रहेको आयोजक संस्था जापान गोजुरियो मिसन डो संघका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए ।

प्रतियोगिता सुरु हुनुपूर्व स्थानीय टोल विकास समिति, आमा समूह र खेलाडीसहित विभिन्न झाँकीसहितको र्याली निकालिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com