२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

आजको बैठकले छान्दैछ लामिछानेलाई संसदीय दलको नेता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दल दुवैको बैठक आज बस्न लागेको हो ।

जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

निर्वाचित भएर आएपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुँदा नै हटाएको भन्दै सभापति लामिछानेले आपत्ति जनाउँदै आएका छन् ।

जसकाकारण सरकारले दिएको समर्थन कायमै रहन्छ भन्नेमा आशंका कायमै रहेको बेला रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको हो ।

यसैगरी आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने अजेण्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्त पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भएपछि रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी

भएर आएपछि उनले शनिबार नै राजीनामा दिएका छन् । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com