२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

सुनको मूल्य घट्यो

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com