२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकाेमा बधाई तथा शुभकामना दिएका छन् ।

उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।

राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले नेपाल र नेपालीको नाम राख्ने विश्वासका साथ आगामी प्रतियोगिताका लागि पनि शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com